दक्षिण काेरियाली सेनाले दक्षिण काेरियाली साइवर कमाण्ड उत्तर काेरियाले ह्याक गरेकाे अाशंका गरेकाे छ । दक्षिण काेरियाली साइवर कमाण्डकाे इन्ट्रानेट सर्भर मालवेयर मार्फत बिगारिएकाे देखिएकाे छ ।
हामीले केही गाेप्य सैन्य कागजातहरू ह्याक भएका पाएका छाैं, दक्षिण काेरियाली रक्षा मन्त्रालयका एक सरकारी अिधकारीले याेनहाप न्यूज एजेन्सीलार्इ बताएका छन् । तर सामान्य वा महत्वपूर्ण विवरणहरू कुन ह्याक भएकाे हाे त्याे भने पुष्टि हुन बाँकी नै छ । उत्तर काेरियासँग हजाराैँ साइवर वार फेयर कर्मचारी भएकाे बताइन्छ ।
उत्तर काेरियाले भने दक्षिण काेरियाले लगाएकाे यस अाराेप प्रति कुनै प्रतिकृया जनाएकाे छैन । सन् २००९ र २०११ काे साइवर अाक्रमणमा पनि दक्षिणले उत्तरलार्इ नै अाराेप लगाएकाे थियाे ।