newskoseli.Com

महाभियोग पारित : राष्ट्रपति निलम्बित

दक्षिण कोरियाली राष्ट्रपती पार्क ग्युन ह्रे विरूद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रस्ताव पारित हुन आवश्यक कुल संख्याको २ तिहाई भन्दा बढीले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो ।

राष्ट्रिय सभाका ३ सय सदस्य मध्ये २ सय ३४ जना सदस्यले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ५६ सदस्यले मतदान गरेका थिए । यसको अर्थ पार्कको सत्तारुढ पार्टी साइनुरी पार्टीका सदस्यले पनि उनीविरुद्ध मतदान गरेका छन् ।

मतदानसँगै पार्कलाई राष्ट्रपति पदबाट निलम्बन गरिएको छ । उनको स्थानमा प्रधानमन्त्री ह्वाङ क्यो–आह्नलाई उनको अधिकार दिइएको छ ।

तर, अझै ९ सदस्य रहेको संबैधानिक अदालतले पार्क बहिर्गमन बारे अन्तिम निर्णय गर्नेछ । यो प्रक्रिया १८० दिनसम्म चल्नसक्नेछ ।

मत परिणामपछि अब पार्कले राजीनामा दिन्छिन् वा अदालतको निर्णयलाई पर्खिन्छिन् भन्ने यकिन भएको छैन ।

आजै उनले राष्ट्रपति भवनमा क्याबिनेटका सदस्यहरुसँग छलफल गर्ने बताइएको छ ।

आफ्नो मित्र चोइ सुन–सिलका कारण विवादमा तानिएपछि उनको राजीनानमा माग गर्दै ठूलो प्रदर्शन भएको थियो । तर, उनले राजीनामा नदिएपछि विपक्षी प्रजातान्त्रिक दलको अगुवाईमा पार्क विरूद्ध महाअभियोग प्रस्ताव पेश भएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति बनेकी पार्कका पिता शक्तिशाली सैनिक अधिकारी थिए जो पछि राष्ट्रपति पनि बनेका थिए । तर, पछि उनको पिता र आमाको हत्या गरिएको थियो । पार्कमाथि एकपटक पनि छुरा प्रहार भए पनि बाँच्न सफल भएकी थिइन् ।

यदि पार्कलाई संवैधानिक अदालतले हटाउने निर्णय गरे पदबाहल रहेका राष्ट्रपतिलाई हटाइएको यो पहिलो अवसर हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर