newskoseli.Com

दूध बेचेर मासिक एक लाख आम्दानी

मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक १ लाख बढी आम्दानी गरिरहेका  छन् ।

जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट ३ लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका  छन् । उनले विसं २०६४ मा ५ लाखबाट सुरु गरेको फार्ममा अहिले  १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन र जर्सी जातको माउ गाई रहेका छन् ।

दैनिक १०० देखि १५० लिटरसम्म दूध बिक्री गर्दै आएका  जिसीले २ जनालाई रोजगारी समेत प्रदान गरेकाछन् । उनले दूध बिक्री गरेको कमाइले २५ लाखमा पक्की घर तथा  १० लाखमा २ रोपनी जग्गा जोडेका छन् । विभिन्न सहकारी तथा बैंकमा  ८ लाख बढी रकम बचत गरेका छन् ।

“कमाउन नसक्दा बाआमाले घरनिकाला गरे,” उनले भने – “व्यवसाय गर्न धेरैसँग ऋण मागे, कसैले विश्वास गरेनन्, अन्तिममा सहकारीबाट ऋण झिकेर व्यवसाय सुरु गरे ।” आफ्नै मेहनत र जाँगरले उनि अहिले सफल व्यवसायी बनेका छन् ।

जिल्ला पशुसेवा कार्यालयको मदनपोखरास्थित पशु सेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले गत वर्ष युवालक्षित कार्यक्रमअन्तर्गत कृषक जिसीलाई  १ लाख तथा चापकटर मेसिन र घाँसका बीउ उपलब्ध गराएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर