
उकाली लाग्दा हाइ हाइ गर्ने ओराली लाग्दा बाई।
फाइदामा गधा पुजिन्छ यहाँ खेदिन्छ बरु गाई।
बाहिर हेर्दा बाल्मिकी जस्ता भित्रमा रत्नाकर।
लुकाउन पाप बस्त्रको रुपमा लगाइ हिँड्ने टाई।
कोहि छ र गन्य निर्दोष धन्य मन लाग्छ पुजन।
सबैले गर्छन आदर्श कुरा बेच्दैछन धर्ती माई।
बुख्याँचा जस्तो जिन्दगी भयो बाँच्नुको मूल्य के।
खुशिका लागि जिउनु छ थोरै भर गर्नु कसलाई।
कहानी हैन यो संसार आज स्वार्थमा चुर्लुम्म ।
पैसाको लागि आफ्नै आमालाई बेच्दैछन दाजुभाइ।