newskoseli.Com

संविधान संशोधन र निर्वाचन दुबै हुन्छः मन्त्री पाण्डे

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको बताएका छन् ।मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे ।

उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं ।’
पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए ।
उनले प्रतिपक्षी दलको संसद अवरुद्धका कारण निर्वाचनसम्बन्धी विद्येयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो पोख्दै भने,‘अहिले संसद अवरुद्ध छ, संसद अवरुद्ध खुलाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहुनभएको छ ।’
उनले संसदको जारी गत्यावरोधपनि आगामी ७ गतेविहानभित्रै हल हुने समेत विश्वास व्यक्त गरे ।
उनले मधेशी मोर्चा लगायत थारुहरुपनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए । मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्नको लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचिमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले जिकिर गरे ।
उनले संशोधन प्रस्ताव परिमार्जनको लागि बहस गर्न सकिने तर फिर्ता नहुने भनेर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोलिसकेकोले प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर