
यो अनौठो नीति किन्दैछ पैसाले
अजम्बरी सम्बन्ध छिन्दैछ पैसाले
कस्को मुल्य कति रहेछ भनेर पनि
रगतको नाता पनि चिन्दैछ पैसाले
जस्को शक्ति उस्कै भक्ती गर्छन् हुनेखाने
पैतालामा राख्दै गरिब पिन्दैछ पैसाले
छन गेडि सबै मेरि भन्थे बुढापाका
तेसैले त उस्को सान भिन्दैछ पैसाले ।
सुवास लामा (एस बि)