newskoseli.Com

भीषण अाँधी–तुफान आउने सरकारी चेतावनी

सरकारले फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन शनिबार भीषण आँधी आउन सक्ने चेतावनी दिएको छ । आँधी ल्याउने हावा प्रतिघन्टा २ सय २२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ ।

आँधीले सोमबार लुजोन टापु र मनिलालाई समेत असर पार्न सक्ने पूर्वानुमान गरिएको छ । सरकारी निकायका प्रवक्ता रचेल मिरान्दाले भने– “आँधी आउने सम्भावना भएकाले त्यसबाट बच्ने उपाय अपनाउन हामीले स्थानीय सरकारलाई सुझाव दिएका छौं ।”

क्रिसमस सकिएपछि हजारौं नागरिकहरुलाई घर फर्कने व्यवस्था गर्न समेत भनिएको उनले बताए । विकोल क्षेत्रका नागरिक रक्षा प्रमुख केड्रिक डाईपले कम्तिमा पनि ४ लाख मानिसलाई त्यस क्षेत्रबाट अन्यत्र सार्नुपर्ने बताए ।

“अहिलेकै अवस्थामा सवै विस्थापितहरुलाई खाने–बस्ने व्यवस्था गर्न सकिने अवस्था छैन,” उनले भने– “साथी र नातेदारको सहयोग लिन हामीले आह्वान गरेका छौं ।”

चेतावनी दिइएको क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सार्नका लागि आवश्यक सवारी साधन उपलब्ध गराउन सरकारका अन्य निकायहरुलाई पनि आग्रह गरिएको जानकारी उनले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर