
प्रेममा निष्ठा र परम्परामा श्रद्धा लाग्छ नारीलाई
कुल्चिएर हिँड्ने शक्ति यिनमा छ दु:खका भारीलाई ।।
धर्म, जात र राष्ट्रमै द्वन्द्व भइरहे पनि उनले
प्रेमकै भावले मिलाउँछिन् वारि र पारिलाई ।।
पूर्णिमा झैं चम्किरहन्छे अभावको बादलमा
हराभरा बनाउँछे उसैले सुकेका बाँझा बारीलाई ।।
अनुकम्पाको महानता र प्रेमलाई बोकेर उनी
अमृत पिए झैं पिउँछिन् सधैं दुःखका घारीलाई ।।
प्रथम, द्वितीय र तृतीय सबैका जीवनमा सधैँ
मलिलो बनाउन तल्लिन छिन् बाँझिएका टारीलाई ।।
काठमाडौं