newskoseli.Com

शिक्षकलार्इ तलब ख्वाउन माछा र कुखुरापालन !

विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन एक विद्यालयले माछा र कुखुरापालन व्यवसाय गरेको छ ।

जाजरकोटको सिमा गाविस– २ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपालैकडामा सो व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिएका छन् ।

विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब–भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीको भनाइ छ । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा २ हजार ५ सय माछाका भुरा र १ हजार कुखुरापालन गरिएको हो ।

वि.सं. २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट मा.वि. सम्मको कक्षा सञ्चालनको तयारीमा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर