
एउटै बाटो एउटै घाट, कसरी हेर्नु म
एक धड्कन दुइटा सास, कसरी फेर्नु म
मुटु माथी नुन छर्कि, कति पो बाँच्थें र ?
एउटा कात्रो दुइटा लास, कसरी बेर्नु म
आइजो भन्छन भगवान, म संगै बसुला
माया लाग्छ धर्तिको, कसरि टेर्नु म
प्याला उठाइ जीन्दगिको, बाँच्नुछ अझै
रुदै हिड्ला तिम्रो आत्मा, कसरी सेर्नु म ।
सुवास लामा (एस)
हेटौंडा