newskoseli.Com

भ्रष्टाचारविरुद्धको लडाइँमा सहयोग गरौं : फिलिपिनी राष्ट्रपति

Philippines Presidential Inauguration

 फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आह्वान गरेका छन् ।

“भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पुर्ण रुपमा सहयोग गर्न म संपूर्ण जनतालाई आह्वान गर्दछु,” नयाँ बर्ष सन् २०१७ को अवसरमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन् ।

“आउनुहोस्, तपाई हामी सगै काम गरौं, लगानीकर्ताहरुलाई आकर्षण गरौं, जनताका लागि रोजगारीका अवसरहरु सृजना गरौं र काममा रमाऔं,” उनले आह्वान गरे ।

उनले शुभकामना सन्देशमा फिलिपिन्सका संपूर्ण जनताको नयाँ बर्ष सन् २०१७ उपलव्धीमुलक र अर्थपूर्ण होस भन्ने कामना पनि गर्नु भएको छ ।
नयाँ बर्षको अवसरमा जनताकाबीचमा ऐक्वबद्धता, समझदारी, खुशी र आशा बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर