newskoseli.Com

चुनावका लागि तयार रहन पौडेलको निर्देशन

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग्याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफूले पाएको उनले बताए ।

“सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मङ्सिर सम्ममा प्रदेश र संसद्को चुनाव गर्ने तयारीमा छ । त्यसैले तपाईँहरू निर्वाचनका लागि तयारी हुनुहोस्” पौडेलले भने ।

संसद्मा अवरोध गर्नाको सट्टा नेकपा(एमाले)ले संसद् खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्छ  उनले बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर