newskoseli.Com

आमसभा सफल पार्न ओलीको निर्देशन

 नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा बुधवार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिए।

एमालेले पार्टी स्थायी समितिको बुधवारको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सर्वाेच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वाेच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताए ।

सांसद गणेश पहाडीले अदालतबाट संविधान सशोधन विधेयकका सम्बन्धमा आएको निर्णयलाई पार्टीले स्वागत गरेको लगायत समसामयिक विषयमा अध्यक्ष ओलीबाट बैठकमा जानकारी प्रस्तुत भएको जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर