newskoseli.Com

इस्लामिक कट्टरपन्थी पार्टीका नेतालाई फाँसी

बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रिय कारागारमा फाँसी दिइएको हो ।

उनलाई सन् १९७१ मा पाकिस्तानसँग स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता बिरोधी अपराधमा दोषी ठहर गर्दै फाँसी दिइएको हो ।

उनी बंगलादेशमा सन् २०१३ देखि अहिलेसम्म फाँसीको सजायँ पाउने पाँचौं नेता हुन् । यसअघिका दुई नेतालाई फाँसी दिँदा बंगलादेशभर प्रदर्शन भएको थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर