newskoseli.Com

हस्तकला प्रवर्द्धनमा सरकारको प्राथमिकता

Handicrafts, Kathmandu, Nepal.

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्तकला उद्योगको प्रवर्द्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ३६औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान राख्न जस्तोसुकै भूमिका खेल्न पनि नेपाल सरकार तयार रहेको बताए ।

सचिव उपाध्यायले एकीकृत व्यापार नीतिले निर्यात क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । उद्योग सचिव शङ्करप्रसाद कोइरालाले नेपालको संस्कृति र परम्परालाई निरन्तरता दिएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसङ्घका कावा अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठलगायतले छिमेकी प्रतिस्पर्धाका कारण नेपालमा हस्तकलाको विकास हुन नसकेको भन्दै मुलुकले हस्तकला निकासीलाई सहज बनाउनुपर्ने धारणा राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर