ब्राजिलियाली राज्य मिन जर्ममा एक हप्तादेखि फैलिएको ‘एलो फिभर’ का कारण शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्वास्थ्य सचिवालयका अनुसार ‘एलो फिभर’ का कारण कम्तिमा ३० जनाको मृत्यु भएको छ भने बिरामीका अन्य १० नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टि हुनुका साथै सयभन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् ।
‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकसित हुने रोग हो । यदि उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ ।
मानिसमा भने यो रोग ‘एलो फिभर’ को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।