
नेपालको पूर्वी नाकाबाट गत आवमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब रूपैयाँको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् ।
सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७ सय ११ रूपैयाँ मूल्य बराबरको अर्थात ८७ प्रतिशत र ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार १ सय ६२ रूपैयाँ मूल्य बराबरको अर्थात करिब १३ प्रतिशत तेस्रो मुलुकमा वस्तु निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी गराएका छन् ।
सो अवधिमा ४ अर्ब ५९ करोड ६३ लाख २२ हजार २४ रूपैयाँ बराबरको ठूलो अलैंंची, ४ अर्ब ७९ लाख ९८ हजार ४ सय ६६ रूपैयाँ मूल्य बराबरको फलाम र फलामनिर्मित वस्तु निर्यात भएको छ भने २ अर्ब ८५ करोड ७८ लाख ९ हजार ७ सय ८४ रूपैयाँ मूल्य बराबरको कपडाको धागो र २ अर्ब ८३ लाख ९१ हजार ९ सय ५६ रूपैयाँ मूल्य बराबरका तयारी कपडा निर्यात गरिएको छ ।
यसका साथै २ अर्ब २२ करोड ८ लाख ४ हजार ७ सय ८१ मूल्य बराबरको चिया निर्यात गरिएको छ । पूर्वी क्षेत्रमा उत्पादित चियामा खासगरी अर्गानिक चिया तेस्रो मुलुकमा बढी निर्यात हुने गर्दछ । चियाको भारत पनि ठूलो बजारको रुपमा रहेका छन् ।
रु एक अर्ब, ९४ करोड ९१ लाख ७७४ मूल्य बराबरको जुटको धागो र रु एक अर्ब ९१ करोड ८६ लाख ४० हजार ५६० मूल्य बराबरको जुटबाट निर्मित बोरा वा झोला निर्यात भएको हो ।
यसका साथै, रु ९३ करोड १० लाख ३५ हजार ३३१ मूल्य बराबरका ताम्बा तथा सोबाट निर्मित वस्तु, रु ३२ करोड ७८ लाख ४५ हजार ७६० मूल्य बराबरका प्लास्टिकका वस्तु, रु ५६ करोड ४४ लाख तीन हजार ८३७ मूल्य बराबरका तयारी पोसाक, रु ५४ करोड ७२ लाख ४५ हजार ६१६ मूल्य बराबरका चोकर, रु ४७ करोड ६८ लाख २९ हजार २८३ मूल्य बराबरका चाउचाउ निर्यात गरिएको हो ।
त्यसैगरी, ४७ करोड १९ लाख २१ हजार ७०५ मूल्य बराबरका छाला तथा छालाका वस्तु, रु २० करोड ६७ लाख ७३ हजार ४९५ मूल्य बराबरका पशु, १३ करोड ५२ लाख १२ हजार ४८९ मूल्य बराबरको अम्रिसो र रु ११ करोड १९ लाख २२ हजार २४० मूल्य बराबरको गलँैचा र जनावरका कपाल निर्यात गरिएको छ ।
यसबाहेक रु तीन अर्ब १४ करोड ९९ लाख ६ हजार ७४८ मूल्यका विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् ।
भारतबाहेक बङ्गलादेश, टर्की, अमेरिका, इटाली, चीन, भुटान, क्यानाडा, भियतनाम र बेलायतलगायतका मुलुकमा वस्तु निर्यात हुने गर्दछ ।