newskoseli.Com

शपथग्रहण बहिष्कार गर्दै २६ सांसद, युरोपमा पनि ट्रम्पको चर्को आलोचना

अमेरिकी कंग्रेसका २६ सांसदले ४५औं अमेरिकी राष्ट्रपतिको शुक्रबार सम्पन्न हुन गैरहेको औपचारिक शपथग्रहण कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।

अमेरिकामा दुई सदनात्मक व्यवस्थापिका (संसद) लाई राष्ट्रिय कंग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा ५ सय ३५ सदस्य छन् ।

अस्ति मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाई समेत तथानाम गाली गरेका थिए ।

यसको कडा प्रतिवादस्वरुप २६ जना डेमोक्र्याट कंग्रेस सदस्यहरुले शपथग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाहरुलाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्नेबारे गरेको पूर्वनिर्णयको प्रशंसा गर्दै अन्य देशले पनि त्यसैगरी बिस्तारै युरोपेली संघ त्याग गर्दैजाने विश्वास व्यक्त गरेका थिए ।

ट्रम्पले जर्मनीकी चान्स्लर एन्जेला मार्कलको ठूलो संख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने नीतिको तीब्र आलोचना गरेका थिए ।
उनका यस्ता अभिव्यक्तिहरु बर्लिन र पेरिसले पटक्कै रुचाएनन् । तत्कालै प्रतिक्रिया ब्यक्त गर्दै चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन् । युरोपेली बलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने उनले बताइन् ।

ट्रम्पले व्यक्त गरेका ब्रेक्जिटको प्रतिक्रियास्वरुप चान्स्लर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले युरोप आफ्नो मूल्य तथा मान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर