newskoseli.Com

हिंसाको चपेटामा मार्टिन लुथर किङ्ग दिवस

अमेरिकी अश्वेत नागरिक अधिकार आन्दोलनका एक सशक्त प्रणेता तथा नामाकरण संस्कारका इसाई दीक्षागुरु (बाप्टिस्ट मिनिस्टर) मार्टिन लुथर किङ्ग जुनियरको वार्षिक स्मृति दिवश हिंसाको चपेटामा परेको छ ।

एमएलके डे परेडू भनी परिचित यस स्मृति दिवसका दिन अमेरिकामा राष्ट्रिय बिदा दिइन्छ । राष्ट्रिय बिदाका दिन मियामीको लिबर्टि सिटीको निकटस्थ मार्टिन लुथर किङ्ग जुनियर मेमोरियल पार्कमा स्मृति दिवस मनाउन शान्तिपूर्वक भेला भएका सयौँ नागरिकमाथि अचानक जथाभावी गोली प्रहार हुँदा कोलाहल र हाहाकार मच्चिन गयो ।

गोली प्रहारको आवाज आउनासाथ भेला भएका मानिसहरू भयभित भै यत्रतत्र भागाभाग गर्न बाध्य भए । यस गोलीकाण्डमा परी ११ देखि ३० वर्ष उमेरका आठजना घाइते भएका मियामी प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तत्कालै केहीलाई नियन्त्रणमा लिइएकोमा दुईजना शङ्कास्पद ब्यक्तिलाई सोधपुछ गरिरहेको मियामी प्रहरी गुप्तचर विभागका अधिकारी डेनियल फेरिनले बताए ।

स्थानीय पत्रिका दि मियामी हेराल्डले जनाएअनुसार यस ूएमएलके डे परेडू वार्षिक स्मृति दिवस सन् १९७० देखि नै मनाइँदै आएको छ ।

यस दिवसका दिन मानिसहरू एमएलके मेमोरिएल पार्क तथा वरपरका सडकमा जम्मा भै पहिला नागरिक अधिकारका अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरको स्मरण गर्ने, उनलाई श्रद्धाञ्जलि दिने, तत्पश्चात् त्यस जमानाका पुराना सङ्गीत सुन्ने, बार्बेक्यू खानाको परिकारको स्वाद लिनेजस्ता मनोरन्जनमा रमाई बिदाको दिन ब्यतीत गर्ने गर्छन् ।

मार्टिन लुथर किङ्ग जुनियर एक इसाई दीक्षा गुरु अर्थात् तथा इसाई नामकरण संस्कार (न्वारान) का धर्मगुरु (बाप्टिस्ट मिनिस्टर) र सामाजिक अभियन्ता थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर