newskoseli.Com

तिन टुक्रा

                      १

बुहारी जस्ती होस् तैँले पाल्ने हो भन्छिन आमाले

बाहुनी होस् सँगै चुलो बाल्ने हो भन्छिन आमाले

भोलि भोलि भन्दै बिहेका कति सारिए भाकाहरू

बैशाखैमा घोर्ले खसी ढाल्ने हो भन्छिन आमाले ।।

 

                    २

कता कता तिम्रै यादले, सताउँछ आजभोली

उसको ताजमहल भित्र, अताउँछ आजभोली

मलाई किन बेला–बेला सम्झिएर झस्काउँछौ

तिम्रो खबर नि हावाले, बताउँछ आजभोली ।।

 

                  ३

एकान्त बजारमा कतै भेटेजस्तो लाग्छ

आँखाको प्यास आँखैले मेटेजस्तो लाग्छ

आज भोलि पनि ती गल्लीहरू चहार्छु म ?

अझै सम्झिँदा नि मन रेटेजस्तो लाग्छ ।।

 

रोशन दाहाल
बडहरे–९, खोटाङ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर