
फूललाइ भन्नु छ , जुनलाइ भन्नु छ ।
कति माया गर्छु , उनलाई भन्नु छ ।
तेरो भाउ दिन दिनै कति बढेको ?
त, यसरी नबढ , सुनलाइ भन्नु छ ।
कति बस्छ्स् काठमाडौँमा मात्रै ।
जुम्ला पनि त जान नुनलाइ भन्नु छ ।।
बोलाउँछु टोलाउँछु सम्झेर उनीलाई ।
बिरहमा नपार , धुनलाइ भन्नु छ ।।
रुक्नै परेपनि , बग्नै परेपनि तँ
देशकै निम्ति बगेस् खुनलाइ भन्नु छ ।
छवि उपाध्याय
अर्लाङकोट, ७, गुल्मी
हालः मैतिदेवी, काठमाडौँ