newskoseli.Com

श्रीमतीलाई शङ्का गरिरहनेको कथा ‘बेड नं. ९९’

थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ ।

महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक बिम्बहरुमार्फत कथालाई दृश्यमा उतारेका छन् ।

नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु भएकाे बताए ।

‘बेड नं ९९’ एक पुरुषको कथा हो, जसले सँगैको अर्को शय्या नं. ९८ को कथा बोल्छ, जो आफैंमा हीनताबोधले ग्रस्त छ । ऊ आफ्नी श्रीमतीलाई शङ्का मात्र गर्छ । नाटकले त्यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

निर्देशक श्रेष्ठले सज्जा र प्रकाशको सुन्दर संयोजन त गरेका छन् नै, त्यससंँगै कोरसको माध्यमबाट नाटकलाई बिम्ब र प्रतीकले सजाएर कलात्मक रुपमा पनि ओजिलो बनाएका छन् ।

नाटकमा विकास जोशी, श्याम खड्का, सुष्मा कोइराला, रेनुका कार्की, सुशीलालक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसश रिजाल, शुभमगणेश पौडेल, सुमन कोइराला, अञ्जनी भरतवाल, शङ्कर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जनलगायतले अभिनय गरेका छन् ।

नाटक काठमाडौंं मल सुन्धारास्थित थिएटर मल नाटकघरमा माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ बजे मञ्चन भइरहेको र शनिबार दिउँसो १ः३० बजे अतिरक्ति प्रदर्शन पनि हुने नाटकघरले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर