तीन दशक पहिले अलग भएको उत्तरपश्चिमी राष्ट्र मोरक्को जनवरी ३० र ३१ मा इथियोपियामा हुने २८औं अफ्रिकी शिखर सम्मेलनका अवसरमा पुनः अफ्रिकी महासङ्घमा सहभागी हुने भएको छ ।
मोरक्को सन् १९८४ मा ‘अफ्रिकन युनिटी’ बाट छुट्टिएको थियो । ‘अफ्रिकन युनिटी’ पछि ‘अफ्रिकन युनियन’ (एयू) का रुपमा परिवर्तन भएको हो ।
मोरक्केका नरेश मोहम्मद छैटौंले गत वर्ष जुलाईमा रुवान्डाको किगालीमा भएको २७औं एयू शिखर सम्मेलनका अवसरमा एक सन्देश पठाउँदै आफ्नो मुलुक अफ्रिकी संस्थाबाट बाहिर रहेर बस्न नचाहेको भन्दै सदस्यताका लागि औपचारिक आग्रह गरेका थिए ।
मोरक्कन नरेशले शरीरमा कुनै रोग लाग्दा शरीरभित्रबाटै हुने पचार प्रभावकारी हुने बताउँदै आफूलाई अफ्रिकी नेताहरुले सदस्यता लिन गरेको आग्रहलाई नजरअन्दाज गर्न नसक्ने बताए ।
५४ सदस्य भएको एयूमा २८ राष्ट्रद्वारा मोरक्कोलाई पुनः सदस्यता दिनुपर्ने प्रतिबद्धता जनाइसकेका छन् ।