newskoseli.Com

युनाइटेड मोदीको साधारण सेयर आउँदै

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत गरेकाे  छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको छ ।

आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाएको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ ।

हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी २ निर्माणको तयारी गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर