newskoseli.Com

मायामा धोका खुवाउन…

 

 

 

 

 

 

 

मायामा धोका खुवाउने काममा सिपालु रहिछौ ।

अरूको आत्मा रुवाउने काममा सिपालु रहिछौ ।।

 

हुर्कँदै थिए भ्रुण रूपि खुशी मन रूपि गर्भमा,

खुसीको गर्भ तुहाउने काममा सिपालु रहिछौ ।।

 

मुखले भन्थ्यौ तिमी मात्र रहिछन् लाख प्रेम पात्र,

प्रेम गङ्गा फेर्दै नुहाउने काममा सिपालु रहिछौ ।।

 

पानी माथिको ओबानो बन्दै म निस्चल छु भन्दै,

गोहीको आँसु चुहाउने काममा सिपालु रहिछौ ।।

 

बहुमूखी र बहुरूपि भर्इ मोहजाल फिजाउँदै,

साख्खै भै हर ठाउँ सुहाउने काममा सिपालु रहिछौ ।।

 

अर्लाङकाेट, ७–ददल्का

हालः मैतिदेवी, काठमाडाैँ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर