
इस्लामिक स्टेट (आईएस) आवद्ध टर्कीका आक्रमणकारीहरुले बम आक्रमण गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ ।
मारिएका सवै नागरिक भएको अनुगमनकर्ताहरुले बताए पनि टर्कीको सेनाले भने मारिएका सवै आतङ्ककारीहरु भएको दाबी गरेका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राईटले हवाई आक्रमणमा उनीहरु मारिएको जनाएको छ । अल बाब क्षेत्रमा भएको सो आक्रमणमा मारिनेहरु मध्ये ११ जना बालबालिका छन् ।
टर्कीको सरकारी समाचार समिति अनाडोलुले टर्कीको सेनालाई उद्धृत गर्दै जनाएअनुसार हवाई आक्रमणमा १५ जना आतङ्ककारीको मृत्यु भएको छ ।