newskoseli.Com

अमेरिकाद्वारा रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चाल

अमेरिकाले युरोपेली मुलुक रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ । रोमानियाको राजधानी बुकारेष्टबाट १८० मिलोमिटर दक्षिणस्थित देभेसेलु शहरमा ८० करोड अमेरिकी डलरको लगानीमा क्षेप्यास्त्र प्रतिरक्षा शिविर सञ्चालनमा ल्याइएको हो ।

यो शिविरले रोमानिया र अन्य युरोपियन मुलुकमा बाहिरबाट प्रहार हुने कुनै पनि क्षेप्यास्त्रको प्रतिरोध गर्नेछ । अमेरिकाले युरोपियन राष्ट्रहरुको प्रतिरक्षामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)लाई सहयोग गर्न यो प्रतिरक्षा प्रणाली स्थापना गरेको जिकिर गरेको छ । तर रुसले भने यसको विरोध गर्दै यो स्टेशनलाई आफ्नो सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।

मध्यपूर्वमा जारी ईस्लामिक विद्रोहको निशाना युरोपियन मुलुक बनिरहेका बेला अमेरिकाले रोमानियालाई आधार बनाएर सैन्य पकड विस्तार गरेको हो ।

दुई वर्षअघि युक्रेनको क्राईमियालाई रुसले आफ्नो अधिनमा गाभेपछि पूर्वसोभियत राष्ट्रको सुरक्षा र सम्प्रभुतामा अमेरिकाले युरोपियन युनियन र नेटोमार्फत् विशेष निगरानी गर्दै आएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर