newskoseli.Com

भक्तपुरमा खुल्यो ‘मिठो मसिनो’ रेस्टुरेन्ट

खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै भक्तपुरको लोकन्थलीमा ‘मिठो मसिनो’ रेस्टुरेन्ट खुलेको छ । माघ २२ बाट औपचारिक सञ्चालनमा आएको ‘मिठो मसिनो’ रेस्टुरेन्टको उद्घाटन पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले गरेका हुन् ।

रामबहादुर शाही, भानी महरा, राजबहादुर साउद र रेवतीकुमार नाथले संयुक्त रुपमा रेस्टुरेन्टमा लगानी गरेका हुन् । रोजगारी र जीविकाका निम्ति विदेश मात्रै निर्विकल्प होइन, नेपालमै केही गरौं भन्ने सोच राखेर आफूहरूले सुविधासम्पन्न रेस्टुरेन्ट खोलेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर शाहीले बताए ।

Restaurantरेस्टुरेन्टले उपभोक्ताको हितमा ताजा एवम् सफा खाना तथा खाजाका परिकार उपलब्ध गराउने सोच बनाएको शाहीले बताए । रेस्टुरेन्टले उपभोक्ताको हितमा अर्ग्यानिक फुड उपलब्ध गराउँदै जाने उनी बताउँछन् ।

रेस्टुरेन्टले होम डेलिभरीको व्यवस्थासहित बर्थ डे पार्टी, हलको व्यवस्था, ताजा र शुद्ध एवम् स्वादिष्ट खाना–खाजा, क्याबिनको सुविधा आदि उपलब्ध गराएको छ । रेस्टुरेन्टले सुरुआतमै राम्रो व्यापार थालिसकेको शाहीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर