newskoseli.Com

४ दिनमा ७ विस्फोट, १०१ को मृत्यु

पाकिस्तानमा गत ४ दिनको अवधिमा ७ ओटा विस्फोटनका घटना भएका छन् ।
ती विस्फोटनहरुमा परी १०१ जनाको मृत्यु भएको छ ।  भने अन्य  ३०० जना  बढी घाइते भएका छन् ।

यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २०० जना  घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण भएकाे छ  ।
प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवै भन्दा बढी दु्खदायी भएको बताए ।
उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने । ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिए।
केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उनले बताए  ।

सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । गम्भिर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर