newskoseli.Com

म्यानमारको आगो चिनियाँ सीमानासम्म

म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् ।
म्यानमारको जंगलमा ३ दिन देखि भीषण रुपमा आगालागी भएको छ । सो आग्लागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको बताएको छ ।

म्यानमारको लुसी नगरको टापू गालिगोङ्बाट गएको शनिबारदेखि आगलागी सुरु भएको हो । त्यस क्षेत्रमा निकै बाक्लो बन रहेको छ ।
आगलागी जारी रहेको सो बन क्षेत्र समुद्री सतहबाट कम्तीमा पनि ३ हजार मीटर उचाईमा रहेको छ । उक्त बन क्षेत्रमा लागेको आगो निभाउनका लागि म्यानमार र चिनियाँ तर्फका अग्निनियन्त्रक खटाएको छ ।

म्यानमारका अधिकारीहरुले दिएको जानकारीअनुसार सो आगो नियन्त्रणमा लिनका लागि १०० भन्दा बढी अग्निनियन्त्रकलाई खटाएको छ । सो क्षेत्रमा अन्यत्रको तुलनामा बढी मात्रामा हावा बहने भएकोले आगो नियन्त्रणमा लिने कार्य जोखिमपूर्ण होला कि भन्ने त्रासमा अधिकारीहरु रहेको बताएका छ ।१ जना म्यानमाली अधिकारीले भने – हावाको गति मापन गरेर मात्र अग्निनियन्त्रकहरुलाई खटाएकाे छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर