चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राखेका छन । हाल चीनको भ्रमणमा रहेका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता भएको छ ।
ब्रिक्सको आगामी सम्मेलन चीनको दक्षिणपूर्वी सहर सियामेनमा सेप्टेम्बर महिनामा हुने कार्यक्रम रहेको छ । सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यिले ब्रिक्सको सम्मेलनको सफलताका लागि तथा ब्रिक्सलाई थप विकसित र समावेशी आर्थिक विकासका रुपमा विकास गर्नका लागि चीनको सहयोग रहने बताएका छन । आर्थिक विश्वव्यापीकरण र समावेशी तथा सन्तुलित आर्थिक विकासका लागि ब्रिक्स सङ्गठनलाई अघि बढाउनुपर्ने धारणा राखेका छन। चिनियाँ विदेशमन्त्री यिले चीन र दक्षिण अफ्रिकाको आपसी सम्बन्ध सुदृढ र सुमधुर रहेको बताए।
उनले आपसी विश्वासमा आधारित सम्बन्धका कारणले चीन र दक्षिण अफ्रिकाको सम्बन्धमा सुमधुरता आएको पनि बताएका छन । राजधानी बेइजिङबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाे छ ।
चीन र दक्षिण अफ्रिकाबीचको जनस्तरको उच्चस्तरीय बैठक आगामी केही समयमा आयोजना गरिने सो अवसरमा दुई देशका विदेशमन्त्रीस्तरमा सहमति भएको बताएको छ ।
दुई देशबीचमा स्थापित रहेको चाइना अफ्रिका कोअपरेसनको बैठक आगामी केही समयमा बस्नेगरी तयारी गरिने बताएको छ ।
सोको अपरेसनको बैठक सन् २०१५ मा जोहानेस्बर्गमा आयोजना गरिएको थियो । त्यस सम्मेलनमा आर्थिक लगायतका विभिन्न मुद्दामा छलफल भएको थियो । त्यस अवसरमा दुई देशबीचमा विस्तार र अभिवृद्धि गरिनुपर्ने आर्थिक, व्यापारिक र लगानी अभिवृद्धिको विषयमा पनि आगामी सो कोअपरेसनको बैठकमा व्यापक मात्रामा छलफल हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।