newskoseli.Com

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् ।

हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि नेपालीको प्रतिभा नै बाहिर आएको जनाए ।

लामिछानेले सफल नेपाली चलचित्र ’किन लाग्छ माया’मा मूख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनि ’ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए ।

उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत गायका छन् । उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केहि नाटकमा काम गरेका छन् ।

‘गहराई’मा शंकर लामिछानेको साथमा अनिता सुरवित, गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । ’गहराई’लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर