newskoseli.Com

अमेरिकी प्रतिरक्षा मन्त्री बग्दादमा

अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुगेका छन ।
म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी भागबाट इस्लामिक स्टेट आतङ्ककारी विरुद्ध इराक सुरक्षाबलले कारबाही जारी राखी उनीहरुलाई त्यहाँबाट हटाउने कोसिस भइरहेको छ ।

म्याटिनले इराकी प्रमुख अधिकारीहरु र सैनिक कमाण्डरसँग भेटवार्ता गरी पक्षीय सम्बन्ध र मोसुल सहरमा आएएस समूह विरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी हुने अनुमान गरिएको इराकिया समाचार च्यानलले बताएको छ । सो समाचार च्यानलले अरु विस्तृत विवरण भने दिएको छैन् ।

इराकमा यस अघिदेखि नै सयौं अमेरिकी सैनिकहरु रहेका छन् ती सैनिकहरुले आइएस आतङ्ककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् ।अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुक्त सैनिकले इराक र सिरियामा आइएसलक्षित हवाई आक्रमण गर्दै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर