newskoseli.Com

सुरुङमा भेटियो सात टन गाँजा र एक टन कोकिन

मेक्सिको प्रहरीले लागू औषध कारोबारीले प्रयोग गर्दै आएको उक सुरुङ पत्ता लगाएका छन् जहाँबाट सात टन गाँजा र एक टन कोकिन बरामद भएको छ ।

दुई हजार ६०० फिट लामो उक्त सुरुङभित्र गाँजा र कोकिन पोको पारेर राखिएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । टिजुआनास्थित एक घर नजिकै सुरुङ फेला परेको हो ।

अमेरिकासँगको सीमा क्षेत्रमा रहेको सुरुङको अर्कोपट्टी काठ गोदामको भण्डारण स्थल रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

लागू औषध कारोबारीले प्रयोग गर्दै आएको सुरुङमध्ये यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुरुङ रहेको दाबी गरिएको छ ।

सुरक्षाकर्मीले लागू औषध कारोबारी समूहका ६ जनालाई पक्राउसमेत गरेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर