newskoseli.Com

कारबम विस्फोटमा ३९ को मृत्यु

Wreckage of cars outside Jazeera Hotel, ,Mogadishu, Somalia,Thursday, Jan, 2, 2014, after bombs that went off at the gate of one of Mogadishu’s most popular hotel, Two car bombs exploded on Wednesday night outside Jazeera hotel in Somalia???s capital that often used by foreigners and government offic. ials, killing at least six people and wounding eight, police said. The explosions occurred one day after al-Qaida-linked Islamic rebels had warned Mogadishu to brace for an attack.(AP Photo/Farah Abdi Warsameh)

सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ ।

उद्धारकार्यमा लागेका उद्धारकर्मीले सोमबार सो जानकारी दिएका छन् । यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचित हुनु भएयता यो पहिलो ठूलो आक्रमण भएको बताएको छ ।

मदिना जिल्लाको छिमेकमा पर्ने एक व्यस्त बजारको चौबाटोमा विस्फोटक पदार्थले भरिएको आत्मघाती कारबम आइतबार विस्फोटन गराएको थियो । आइतबार नै कम्तीमा १४ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका थिए ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन् । तर साधारणतया सोमालियाको सबाब जिहादी समूहले नै यस्तो आक्रमण गराउँदै आएको र नयाँ सरकारको विरुद्ध पनि बारम्बार धम्की दिँदै आएका हुनाले यसै समूहले यो आक्रमण गराएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोहमद अब्दुल्लाही मोहमद निर्वाचित भएपछि सोमालियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो । गत साता शासन हस्तान्तरण भएपछि अल सबाब इस्लामिहरूले अनेकौँ मोर्टार विस्फोट गराएको दाबी गरेका छन् ।

यस आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुग्नुको साथै अन्य २७ जना घाइते भएका मोगादिसु आमिन एम्बुलेन्स सेवाका अधिकारीले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर