newskoseli.Com

डोनाल्ड ट्रम्पकाे सल्लाहकार नयाँ नियुक्त

 अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरे ।
“उनि निकै क्षमतावान व्यक्ति छन, उनको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उनि सम्मानित व्यक्तित्व हुन, उनलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेका हुन ।

५४ वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरेका हुन ।
उनि एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा परिचित छन । उनले रुससँग कुनै निकट सम्बन्ध रहेको बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर