newskoseli.Com

बस दुर्घटनामा १३ विद्यार्थीको मृत्यु

फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र १ जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।

मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए । मृतकमध्ये १० जना विद्यार्थीको घटनास्थलमै र १ जना चालकसहित ४ जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

घाइते ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा लगिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर