newskoseli.Com

कविताः मुखुन्डो उघार्नु छ

सुखी भएर
दुखीको पीडा नबुझ्ने
साहित्यकार
सारालाई गरीब बनाउनुछ
गरीबिको पीडा बुझि
लेख्न सिकुन्

हात सुकीला छन्
कोदालो खनाउनुछ
हातका छाला जाने गरी
आफ्नै पीडा बुझि
गिटी कुट्ने
कलिलो बालकको
पीडा लेख्न सकुन

ती ग्रन्थ जलाउनुछ
जसले उर्जाशिल युवालाई
अल्छी र भ्रमित बनाए
काम छाडेर गफ सिकाए

र अन्त्यमा
डाक्टर, शिक्षक, इन्जिनियर, विद्वान
एउटै वर्गमा राखेर
काम, क्रोध, लोभ, मोह
जीवनमा व्यर्थ छ
खुसी होउ सब त्याग
भन्दै प्रवचन दिनेको
मुखुन्डो उघार्नुछ
वास्तविक अनुहार चिहाउन

बडहरे- ९, खोटाङ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर