newskoseli.Com

जुसको व्यवसाय फस्टायो

बढ्दो गर्मीसँगै वीरगन्जमा उखु जुसको व्यवसाय फस्टाउन थालेको छ ।

बढ्दो गर्मीसँगै उखुको जुस खानेको भीड बजारमा बढ्न थालेको छ । उपभोक्ता बढेपछि हाते मेसिनबाट जुस बनाउने साना व्यापारी हर्षित भएका छन् । वीरगन्ज बजारमा विगत १० वर्षदेखि उखु पेलेर जीविकोपार्जन गर्दैआएका राजेशकुमार पटेल जुस बिक्री गरी प्रतियाम  ५० हजारदेखि  ६० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

त्यस्तै वीरगन्जको आदर्शनगरमा जुसको व्यवसाय गर्दै आएका रामप्रसाद साह उक्त व्यवसायबाट घरपरिवारको जीविका चलाउन सक्षम भएको बताउछन् । यसकै अम्दानीबाट उनले तीन छोराछोरीलाई बोर्डिङमा पढाउँदै आएक  छन् । साह र पटेल मात्र होइन, हाते मेसिनबाट उखु पेलेर जुसको व्यवसाय गर्नेहरु मनग्य आम्दानी गर्न थालेका छन् ।

गर्मीबाट राहत पाउन स्थानीयले उखुको जुस पिउन थालेका छन् । व्यवसायीले प्रतिगिलास जुस  २५ मा बिक्री गर्ने गरेका छन् भने उनीहरुले दैनिक ६ हजारदेखि ९  हजारसम्म आम्दानी गर्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर