newskoseli.Com

नेपाल – कोरिया संस्कृति कला महोत्सव सुरु

स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’ को वुधबार उघाटन गरे ।

नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा वुधबार देखि सुरु भएको सो ३ दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री थापाले दक्षिण कोरियाले छोटे समयमा गरेको समृद्धिबाट नेपालले सिक्नुपर्ने बताउँदै कोरियाले नेपाली युवालाई सम्मानजनक रोजगारी दिइरहेको छ भने ।

२ देशको आपसी सम्बन्धलाई साहित्य, कला र संस्कृतिका माध्यमले थप जोड्ने भएकाले यस्ता महोत्वसको निरन्तरताको कामना गर्दै उनले  हरेक दुःखमा निःस्वार्थ सहयोगका हात फैल्याएकामा कोरियाप्रति आभार व्यक्त गरे । सङ्घका अध्यक्ष श्रवण मुकारुङले महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने जानकारी दिए । कल्चर फोरमका अध्यक्ष हङ् की सिकले नेपालको कला र संस्कृतिप्रति आफूहरुको अगाध माया रहेको बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर