
इजरायलको १ सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ । ती सैनिकमाथि १ प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप लागेको छ ।
एलोर एजारिया नामक ती सैनिकलाई मानव हत्या गरेको आरोपमा दोषी पाइएको १ महिनापछि न्यायाधीश मया हेल्लेरले उक्त सजाय दिएको हो । गत बर्षको मार्च महिनामा वेस्ट बैंकस्थित इजायली सैनिकको गोलीबाट अब्दुृल फताह सहिफ मारिएका छन ।