newskoseli.Com

काफल बेचेर पढार्इ खर्च

सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ ।

बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियाल बताउछन् । “काफल बिक्री गरेर आफूलाई चाहिने कापि, कलम र लुगा खरिद गर्छु, बाँकी पैसा घरमा दिने गरेको छु” उनले भने ।

जिल्लाको अमरगढी नगरपालीकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीका बालबालिका दैनिक काफल सङ्कलन गरी बिक्री गर्दै आएका छन् । टाढा टाढा गाउँबाट काफल बेच्नका लागि बालबालिका स्याउले बजार तथा सदरमुकाम आउने गरेका छन् ।

सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि भिड लाग्छ । महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन् ।

यसैगरी भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल, कोइराल, अमला बेच्नेको ताँति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइको खर्च जोहो गर्छन् । विद्यायालय समयपछि बालबालीका प्रायः यो व्यवसायमा लाग्ने गरेका छन् ।

जिल्लाबाट ओहरदोहर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गरेका छन् । यहाँबाट तराईका विभिन्न जिल्लामा काफल निर्यात हुने गरेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर