newskoseli.Com

टुँडिखेलमा डान्स गर्न आइपुगिन् बलिउड नायिका सोनाक्षी

बलिउड नायिका सोनाक्षी सिन्हा पहिलो पटक नेपाल आएकी छन् । शनिबार राजधानीको टुँडिखेलमा हुने लागेको ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएकी हुन् ।

यस्तै बलिउडकी अर्की नायिक मलाईका अरोरा पनि साँझसम्म काठमाडौँ पुग्दैछन् । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोनाक्षी बाहिरिएकी थिइन् । उनले चार घन्टाअघि मात्रै आफू काठमाडौं आउन लागेको भन्दै ट्वीटमा लेखेकी थिइन् । उनलाई सोल्टी होटलमा लगेको छ ।

भूकम्पपीडितको सहयोगको लागि सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर