newskoseli.Com

तेल कम्पनीमा विस्फोट, तीन जनाको मृत्यु, १ सय ५ घाइते

मेक्सिकोको दक्षिण–पूर्वी भेराक्रुज राज्यस्थित एक तेल कम्पनीमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य १ सय ५ जना घाइते भएका छन् । कोटजाकोलोसस्थित सरकारी तेल कम्पनी पेमेक्समा विस्फोट भएको हो ।

विस्फोट भएको क्षेत्र वरिपरीका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ भने सबै विद्यालय बन्द गरिएको छ ।

साँझ भएको विस्फोटपछि धुँवाका मूस्लो निस्किएको थियो । तर विस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

कम्पनीले विस्फोटका कारण तेलको निर्यातमा कुनै असर नपर्ने जनाएको छ । सन् २०१२ को तामाउलिपासस्थित एक ग्यास प्लान्टमा भएको विस्फोटमा ३३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१३ मा पेमेक्सको मुख्यालयमा भएको विस्फोटमा ३७ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर