newskoseli.Com

५.५ म्याग्निच्युडको भूकम्प

टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताए।स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको छ । भूकम्पका कारण भएको क्षतिका बारेमा समाचार सङ्कलन गर्ने समयसम्म क्षतिको कुनै सूचना आइनसकेको टर्की प्रशासनले जनाएको छ ।
––––––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर