newskoseli.Com

ट्रम्पले गरे नयाँ आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छवटा मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गरेका छन् ।

यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा सात वटा देश रहेका र परिमार्जन गरिएको यस नयाँ आदेशमा इराकलाई भने हटाइएको छ ।

अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य छ वटा मुलुकका इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया रहेका छन् ।

मुस्लिम बाहुल्य यी छ वटा मुलुकहरुका शरणार्थीलगायत अन्य यात्रुलाई एक सय २० दिन प्रतिबन्ध लगाइने उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब एक महिना अघि जारी गरेको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीले यस अघि नै जानकारी दिएका थिए ।

परिमार्जित नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकको सूचिबाट इराकलाई हटाइने जानकारी दिइएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको चार जना अमेरिकी उच्च अधिकारीले जनाएका थिए ।

आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूह विरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्वनिर्णयमा पुनःबिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए ।
ट्रम्प प्रशासनका एक उच्च अधिकारीले मुस्लिम बाहुल्य मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने  कार्यकारी  आदेश एकदमै महत्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर