
दिपेन्द्र अश्रुमाली
मायाको प्रकार था’ भयो अब ।
मुटुमा प्रहार था’ भयो अब ।
जिन्दगीसँगै बित्नेछ भन्नेको,
झुटको प्रचार था’ भयो अब ।
मायाको चोट पाएसी मनले,
आखाको असार था’ भयो अब ।
तिमीले छिन्मै लाएको झुट माया,
एक हैन बार बार था’ भयो अब ।
खोटाङ छोरम्बु
सापातेल ।