newskoseli.Com

अदालतको आदेशमा राष्ट्रपति पदमुक्त

संसदमा महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई शुक्रबार संवैधानिक अदालतको आदेशबाट पदमुक्त गरिएको छ ।

अदालतका ८ न्यायाधीशहरुले सर्वसम्मत रूपमा उनलाई पदमुक्त गर्नेगरी फैसला सुनाउने निर्णय गरेका हुन् । इजलासको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङ मीले फैसला सुनाउँदा सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अब पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिका सबै अधिकार नयाँ राष्ट्रपतिमा सरेको छ ।

उनी अदालतको आदेशबाट पदमुक्त हुने कोरियाका एक मात्र राष्ट्रपति हुन् । महाअभियोग लाग्ने राष्ट्रपतिहरुमध्ये उनी दोस्रो हुन् । यसअघि सन् २००४ मा तत्कालीन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनका बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर, झन्डै दुई महिनापछि उनलाई माफी दिइएको थियो । उनको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भए पनि महाअभियोग नै लगाउनुपर्ने खालको नभएको फैसला भएको थियो ।

राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । गत वर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो ।

पार्कविरुद्ध महाभियोग लगाउने प्रस्तावलाई सन् २०१६ को डिसेम्बरमा कोरियाली संसदले दुई तिहाई मतमार्फत पास गरेको थियो । यसपछि पार्कका वकिल पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको दावीका साथ अदालत पुगेका थिए । महाभियोग पास भएपछिका ९२ दिनबीच पार्कमाथिको मुद्दामा २० वटा सुनुवाई भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर