newskoseli.Com

पण्डा निकुञ्ज बनाउन २ लाख मानिसलाई सारिने

चीनको दक्षिणपूर्वी सिचुवान प्रान्तमा पण्डा संरक्षणका लागि निर्माणाधीन राष्ट्रिय निकुञ्ज वरपर बस्दै आएका करिब १ लाख ७२ हजार मानिसलाई निकुञ्ज प्रशासनले विस्तारका लागि अन्यत्र सार्ने निर्णय गरेको प्रान्तीय वन विभागले बिहीबार जनाएको छ । सिचुवान, गान्सु र सान्सी प्रान्तमा करिब २७ हजार १सय३४ किलोमिटर क्षेत्रलाई निकुञ्ज बनाइने र उक्त निकुञ्ज खासगरी लोपोन्मुख

पण्डाको संरक्षणका लागि तोकिने छ । निकुञ्जले सिचुवान २० हजार किलोमिटर अर्थात् ७४ प्रतिशत भूभाग ओगट्ने छ । निकुञ्ज विस्तारसँगै उक्त क्षेत्रमा काम गर्दै आएका करिब ३२ हजार खानी मजदुर र १ हजार ९ सय खानी प्रभावित बन्ने छन् । पछिल्लो चिनियाँ सर्वेक्षणअनुसार चीनमा १ हजार ८ सय ६४ पण्डा छने भने ४ सय ७१ लाई विभिन्न चिडियाखाना तथा निजी सङ्घसंस्थामा राखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर