newskoseli.Com

बम हमलामा २२ को मृत्यु

हुथी विद्रोहीले शुक्रबार गरेको बम आक्रमणमा परी यमनमा २२ जनाको मृत्यु भएको छ । यमनको होडेइडा प्रदेशको पश्चिमी क्षेत्रमा पर्ने खोखा बजारमा भएको बम हमलामा परी ८ जना घाइते भएको यमनी समाचार समिति साबाले जनाएको छ ।

घटनापछि यमनी आकाशमा उडिरहेका जेट विमानहरुबाट भयभीत भएकाले स्थानीय उक्त घटनामा परेर घाइते भएका नागरिकको उद्धारमा समेत जुट्न सकिरहेका छैनन् । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अहिलेसम्म आउन सकेको छैन ।

तीन वर्ष देखि भइरहेको द्वन्द्वका कारण अहिलेसम्म १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर